मंसिर २२ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २६०६ अंक कायम भएको छ।
आज सेयर ४ अर्ब ६६ करोड कारोबार भएको छ।
जलविद्युत् ०.१२ प्रतिशत, जीवन बीमा ०.५० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६१ प्रतिशत, निर्जीवन बीमा ०.०५ प्रतिशत तथा व्यापार ०.४१ प्रतिशत बढ्यो।
चार कम्पनीको मूल्य १० प्रतिशत बढ्या जसमा कम्पनीमा अपर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक रहेका छन्।
त्यस्तै इङ्वा हाइड्रोपावरको ९.०३ प्रतिशत तथा पियोर इनर्जीको ४.४ प्रतिशत मूल्य बढ्यो।
बैंकिङ ०.६७ प्रतिशत, विकास बैंक ०.११ प्रतिशत, फाइनान्स ०.५७ प्रतिशत, होटल तथा पर्यटन ०.२३ प्रतिशत, लगानी ०.१६ प्रतिशत, माइक्रोफाइनान्स ०.२९ प्रतिशत तथा अन्य ०.२१ प्रतिशत घट्यो।
सपोर्ट माइक्रोफाइनान्सको ५.१६ प्रतिशत, मेन्छियाम हाइड्रोपावरको ३.७३ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकको ३.६८ प्रतिशत मूल्य घटेको छ।