हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवा अध्ययन सुरु

मंसिर २२ काठमाडौं।
हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवा अध्ययन सुरु भएको छ।

बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सशकार्यमा मुस्ताङमा दुर्लभ हिउँ चितुवाको संख्या पत्ता लगाउन अध्ययन सुरु गरिएको हो।

यस क्षेत्रमा हिउँ चितुवा संख्या एकीन गर्नका लागि क्यामेरा ट्यापिङ मार्फत अध्ययन अनुसन्धान सुरु गरिएको जनाएको छ।

बायोकोर्स नेपाल र एक्याप मिलेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका उच्चलेकमा हिउँ चितुवाको संख्या एकीन गर्न, हिउँ चितुवाको आहारा प्रजातीको अवस्था, मानव र हिउँ चितुवा बीचको द्वन्द्वको अवस्था पहिल्याउन, जलवायु परिवर्तनका कारण हिउँ चितुवाको बासस्थान र विद्यमान अवस्थाको जानकारी लिने उद्देश्यले क्यामेरा ट्ययापिङ सुरु गरि हिउँ चितुवाको अध्ययन सुरु गरिएको जनाएको छ।

नेपालका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङको अनुसार गत हप्तादेखि वारागुङ मुक्तिक्षेत्रको झोङ, पुडाक, छेङ्गुर, थोरङ्फेदी, फल्याक, धार्काजुङ र मुस्ताङ—डोल्पा सडकको उच्चलेकमा १५ थान क्यामेरा जडान गरिएको जनाएका छन्।

आजदेखि घरपझोङ गाउँपालिका अन्तर्गत स्याङ,मार्फा र चिमाङ गाउँको उच्चलेकमा हिउँ चितुवा ट्यापिङका लागि थप क्यामेरा जडान गरिने कार्यक्रम रहेको जानकारी दिएका छन्।

उच्चलेकमा हिउँ चितुवाको विस्तृत अध्ययन अनुसन्धानका गर्न बायोकोसका प्रतिनिधि बायोलोजिस्ट गुरुङ, असिस्टेन प्रवीन लामा, एक्याप जोमसोम बाट प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओली, बायोकोस र एक्यापका प्राविधिक टोलीले चितुवाको सम्भावित बासस्थान क्षेत्रमा पुगेर क्यामेरा जडान गरेका हुुन्।

कायोकोसका प्रतिनिधि वायोलोजिस्ट गुरुङले दुई महिनापछि उच्चलेकमा राखिएका क्यामेराको डाटा सर्वेक्षण गरिने र क्यामेरामा कैद भएका हिउँ चितुवाको बारे एकीन भए पछि तथ्याङ सार्वजानिक गरिने जानकारी दिएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *