थाइल्याण्ड र कम्बोडिया बिच हमला

मंसिर २२ काठमाडौं।
थाइल्याण्ड र कम्बोडिया बिच हमला भएको छ।

दुवै देशले एक अर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाउँदै एक अर्क माथि हमला गरेको जनाएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको अनुसार गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको मध्यस्थतामा युद्धविराम भएको थियो।

युद्धविराम भएको भए ता पनि पुनः आक्रमण भएको जनाएको छ। भने यस घटनाले दुई देशबीच पुनः संकट उत्पन्न हुने संकेत गरेको जनाएको छ।

एक अर्कामाथि सीमानामा पहिले हमला गरेको आरोप लगाउदै आक्रमण गरेका छन्।

थाइ सेनाले कम्बोडियाली सेनाबाट भएको गोलाबारीमा परी आफ्नो एक सैनिकको मृत्यु र दुई जना घाइते भएपछि जबाफस्वरू हवाई आक्रमण गरेको बताएको छ।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार कम्बोडियाले स्थानीय समय अनुसार बिहान ३ बजेपछि सीमा क्षेत्रमा गोलाबारी सुरु गरेको थियो।

कम्बोडियाली सेनाले भने बिहान ५ः०४ बजे थाइ सेनाले नै आफ्ना फौजमाथि आक्रमण गरेको आरोप लगाएको छ।

कम्बोडियाले पछिल्ला दिनहरूमा थाइल्यान्डले सीमानामा उत्तेजक गतिविधि गरेको आरोप लगाउँदै आएको छ।

सीमानामा तनावपछि थाइल्यान्डले सीमा क्षेत्रका करिब ७० प्रतिशत नागरिकलाई सुरक्षित स्थानमा सारेको सिएनएनले जनाएको छ। उद्धारका क्रममा एक जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरिएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *