रसुवागढी जलविद्युत सञ्चालनमा

मंसिर २१ काठमाडौं।
रसुवागढी जलविद्युत सञ्चालनमा भएको छ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको जनाएको छ।

गत असार २४ गते चीनको तिब्बत बाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटन बाट आएको बाढीले आयोजनाको बाँध लगायतका संरचना (हेडवक्र्स) मा ठूलो क्षति पुगे पछि बन्द भएको जलविद्युत पुनः सञ्चालनमा अएको हो।

हेडवक्र्स मर्मतपछि अस्थायी रूपमा नदी बाट पानी डाइभर्सन गरी विद्युत गृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट पुनः सञ्चालनमा ल्याइएको रसुवागढी विद्युत प्राधिकरण कार्यालयले जनाएको छ।

बाँकी दुइटा युनिट पनि एक महिनाभित्र संचालनमा ल्याउने र हेडवक्र्स क्षेत्रको बाँकी मर्मत कार्य आगामी वर्षायाम अगाडि नै सम्पन्न गर्ने गरि पुनर्निर्माणको काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *