मंसिर २१ काठमाडौं।
सुडानको कालोगी सहरमा ड्रोन आक्रमण भएको छ।
सुडानको दक्षिण कोर्डोफान क्षेत्रको कालोगी सहरमा भएको ड्रोन आक्रमण हुँदा ३३ बालबालिकासहित ५० जनाको मृत्यु भएको जनाएको छ।
सुडानको दक्षिण कोर्डोफान क्षेत्रको कालोगी सहरमा भएको ड्रोन आक्रमणमा एक किन्डरगार्टेन निशाना बनेको उल्लेख गरेको छ।
सुडानको सेनासँग गृहयुद्ध लडिरहेको अर्धसैनिक समूह ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) माथि सेना र एक चिकित्सा संस्था, सुडान डक्टर्स नेटवर्कले बिहीबारको उक्त आक्रमण गरेको आरोप लगाएको छन्।
सेना निकट विदेश मन्त्रालयका अनुसार किन्डरगार्टेनमा ड्रोनबाट दुई पटक मिसाइल प्रहार गरिएको आक्रमणपछि विद्यालय पुगेका सर्वसाधारण र चिकित्सकहरूलाई पनि निशाना बनाइएको मन्त्रालयले थप जनाएको छ।
आरएसएफले पनि सेनामाथि शुक्रबार दारफुर क्षेत्रमा चाडसँगको अद्रे सीमा नाका नजिकैको इन्धन डिपोमा ड्रोन आक्रमण गरी बजारलाई निशाना बनाएको आरोप लगाएको छ।