मंसिर २० काठमाडौं।
माथिल्लो मुस्ताङमा अत्यधिक चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ।
दिउँसो घाम लाग्दा पारिलो समय केही न्यानो महशुस भए पनि बिहान र बलुकाका
समय अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै गएको हो।
चिसोका कारण स्थानीयबासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन कष्ठकर बन्न थालेको जनाएको छ।
माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जानकारी दिएका छन्।
अत्यधिक चिसोका कारण सिँचाइ कुलो, घरघरका धाराको पानी, शौचालयको सेफ्टी ट्याङ्की र शाखा नदीमा हिउँ जम्ने थालेको छ।
धारा बाट पानी झर्न बन्द हुँदा कुलोको पानी तताएर खानुपर्ने अवस्था भएको वडाध्यक्ष गुरुङले बताएका छन्। भने माथिल्लो मुस्ताङको लामान्थाङमा पनि चिसोले नागरिक धमाधम बेसी झर्न थालेका स्थानीयले बताएका छन्।
माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण विकास निर्माण लगायतका काम पुरै रोकिएको जनाएको छन्।