प्रधानमन्त्री कार्की र जापानी राजदूत तोरु बिच शिष्टाचार भेट

मंसिर १९ काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्की र जापानी राजदूत मायदा तोरु बिच शिष्टाचार भेट भएको छ।

आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा नेपाल–जापान सम्बन्धको ७० औं वर्षगॉंठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल गर्नका लागि शिष्टाचार भेटवार्ता भएको जनाएको छ।

भेटका अवसरमा महामहिम राजदूतले सरकारको समयमै चुनाव गराउने संकल्पको पुरा हुने कामना गर्दै सरकारले चाहेको अवस्तामा जापान सरकार तयार रहेको बताएका छन्।

प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास लगायत विविध क्षेत्रमा पुरÞ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै गरेको छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *