आज बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै

मंसिर १९ काठमाडौं।
आज बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै छ।

बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाएको हुन्।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने र जसमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोग लगायतलाई आमन्त्रण गरिएको जनाएको छ।

सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *