राष्ट्रपति रामचन्द्र पौडेलसँग अस्ट्रेलियाको राजदूत लिनको बिदाइ भेट

मंसिर १७ काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेलसँग अस्ट्रेलियाको राजदूत लिन जोनस्टनले बिदाइ भेट गरेका छन्।

अस्ट्रेलियाका राजदूत लिन जोनस्टनले आफ्नो कार्यकाल सकिए पछि राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी हुन्।

आज राष्ट्रपति कार्यालय शीतल निवासमा नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनस्टनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी छन्।

भेटका क्रममा नेपाल र अस्ट्रेलियाबिच रहि आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले स्रोतले जनाएको छ।

साथै राष्ट्रपति पौडेलले राजदूत जोनस्टनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको धन्यवाद व्यक्त गरेको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *