२०२५ को नोभेम्बरमा पर्यटक आगमन वृद्धि

मंसिर १६ काठमाडौं।
सन् २०२५ को नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको छ।

नेपाल पर्यटन बोर्डको अनुसार सन् २०२५ को नोभेम्बरमा १ लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएको बताएका छन्।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो।

जसमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारत बाट १८ हजार ९९५ पर्यटक भित्रिएकाे जनाएकाे छ।

२०२५ को पछिल्लो ११ महिना जनवरी देखि नोभेम्बरसम्म १० लाख ६० हजार २६९ पर्यटक भित्रिएको पर्यटन बाेर्डले उल्लेख गरेको छ।

नेपाल भ्रमण गर्ने देशहरुमा संयुक्त राज्य अमेरिका बाट ११ हजार २५४, चीन बाट ७ हजार ८७१, बेलायत बाट ७ हजार १८९, बंगलादेश बाट ५ हजार ६५३, अष्ट्रेलिया बाट ५ हजार ३९३, श्रीलंका बाट ४ हजार ८३१, म्यानमार बाट ४ हजार ४८४, फ्रान्स बाट ४ हजार २११ र जर्मनी बाट ४ हजार १३४ पर्यटक भित्रिएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *