मङ्सिर १६ काठमाडौं।
तालतलैया पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया पर्यटकको आकर्षक केन्द्रको रूपमा विस्तार हुँदै गएको हो।
करिब २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया अहिले मुख्य वनभोज स्थलका रूपमा लोकप्रिय बनेको जनाएको छ।
तालतलैया व्यवस्थापन समितिक अध्यक्ष गङ्गाबहादुर रायमाझीको अनुसार वनभोजको मौसममा दैनिक १२ देखि १५ हजार आन्तरिक तथा बाह्य पर्यटक तालतलैया आउने गरेको बताएका छन्।
रायमाझीका अनुसार दिनमा ५०० भन्दाबढी पर्यटक घुमघामका लागि आउने तथा वनभोजका लागि एकैपटक ७० भन्दाबढी समूहले वनभोज खानसक्ने क्षमता रहेकाले वनभोजमा आउदा दुई–चार दिन अगाडि बुकिङ गराउनुपर्ने बताएका छन्।
करिब ४० प्रतिशत पर्यटक भारतका विभिन्न सहर तथा सिरहा, सप्तरी क्षेत्रबाट आउने गरेको जनाएका छन्।
“यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण चिडियाखाना हो, जहाँ दुम्सी, मयँुर, गिद्ध, चित्तल, हाँस, घोडा, बाँदर लगायत विभिन्न वन्यजन्तु छन्, यिनै अवलोकन गर्न पर्यटकको सङ्ख्या बढ्दो रहेको रायमाझीले बताएका छन्।”
पर्यटकको आकर्षणलाई ध्यानमा राखी तालतलैया परिसरभित्र ६ वटा पोखरी निर्माण र पर्यटकको थप सुविधाका लागि २ वटा मोटरबोट सञ्चालनमा व्यवस्थापन समितिले जनाएको छ।