मंसिर ११ काठमाडौं ।
राष्ट्रपतिले आगामी फागुन २१ गते हुने निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाको अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा फागुन २१ गते हुने निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएको जानकारी दिएका छन्।
मंसिर ४ गते सुरक्षा परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१औं बैठकले त्यसलाई पारित गर्दै निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय भएको जनाएको छ।
मन्त्रिपरिषद्को निर्णयपछि राष्ट्रपतिले सेना परिचालनलाई स्वीकृति दिए सँगै अब सेना परिचालनको बाटो खुलेको छ।
निर्वाचनपूर्वको अवधि, निर्वाचनको अवधि र निर्वाचनपश्चात्को अवधि गरी तीन चरणमा सुरक्षा विभाग बाँडिएको छ। भने निर्वाचन अवधिमा कसरी, कस्तो सुरक्षा योजनामा काम गर्ने भन्ने उल्लेख गरिएको जनाएको छ।