नेपालबाट बंगलादेशमा थप विद्युत् निर्यात सहमति

मंसिर ११ काठमाडौं।
नेपालबाट बंगलादेशमा थप विद्युत् निर्यात गर्ने सहमति भएको छ।

नेपाल बाट बंगलादेशमा २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको जनाएको छ।

हाल बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भइरहेकोमा थप २० मेगावाट विद्युत निर्यात गर्न नेपाल र बंगलादेशबिच सहमति भएको जनाएको छ।

आज बंगलादेशको ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठकमा यस्तो सहमति जुटेको जनाउको छ।

बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको ऊर्जा सचिव फर्जना ममताजले टोलीको नेतृत्व गरेका थिए।

सोही बैठकमा सुनकोशी ३ जलविद्युत् आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रिया बढाउने र जेभीए छिटो टुंंग्याउने सहसति समेत भएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *