मंसिर ११ काठमाडौं।
भर्चुआल माध्यम बाट सार्क कार्यक्रम समितिको ६१ औं बैठक सम्पन्न भएको छ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६१औँ बैठक भर्चुअल माध्यम श्रव्यदृश्यका माध्यम बाट सम्पन्न भएको हो।
बैठकमा सदस्य राष्ट्रहरूबीचको सहकार्य र सार्कको भूमिकाबारे छलफल भएको जनाएको छ।
बैठकको उद्घाटन गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव तथा कार्यक्रम समितिका अध्यक्ष किरण शाक्यले सार्क र यस क्षेत्रको प्रमुख क्षेत्रीय सङ्गठनका रूपमा सदस्य राष्ट्रहरू बीच संवाद, सहकार्य र सामूहिक कदम चाल्नका लागि महत्वपूर्ण मञ्च भएको बताएका छन्।
सार्क सचिवालयका अनुसार त्यस अवसरमा सार्कका महासचिव मोहम्मद गोलाम सरवरले सदस्य राष्ट्रहरू बाट निरन्तर प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम समितिको भूमिकाको महत्वको चर्चा गरेका छन्।
साथै सरवरले दक्षिण एसियाली मुलुकहरूको उन्नयनको साझा उद्देश्यका खातिर सार्क स्थापना भएको बताउँदै सामूहिक रूपमा सार्कले धेरै उपलब्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।
नेपालको अध्यक्षतामा भएको सार्क समितिको बैठकमा नेपाल, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका परराष्ट्र मन्त्रालयका सहसचिव सार्कका विशेष निकाय तथा क्षेत्रीय केन्द्रका प्रमुखका साथै सचिवालयका उच्च अधिकारीहरूको सहभागिता थियो।