इथियोपियामा ज्वालामुखी विष्फोट

मंसिर ११ काठमाडौं ।
इथियोपियामा ज्वालामुखी विष्फोट भएको छ।

इथियोपियामा १२ हजार वर्ष पछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको अनुसरा विस्फोट बाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको धुलो–धुवाँ झण्डै १५ किलोमिटर माथिसम्म पुगेको उल्लेख गरेको छ।

ज्वालामुखी विष्फोट बाट निस्किएको खरानी र सल्फर डाइअक्साइडयुक्त बादल लाल सागर पार गर्दै यमन, ओमान हुँदै, भारत, नेपाल र चीनसम्म फैलिएको जनाएको छन्।

विष्फोटका कारण इथियोपिया बाट ४३ सय किलोमिटरको दूरीमा रहेको भारतको राजस्थान, गुजरात, महाराष्ट्र, दिल्ली र पञ्जाबमा पनि उक्त बादल फैलिएको जनाएको छ।

विज्ञहरूको अनुसार विष्फोट बाट निस्किएको बादल अत्यधिक उचाइमा गएका कारण आम नागरिकको जनजीवनमा भने असर नपरेको बताएका छन्।

इथियोपियामा भएको ज्वालामुखी विष्फोट बाट कुनै मानवीय क्षति भने नभएको सञ्चार माध्यमहरुले उल्लेख गरेको छ।

गल्फ न्युजका अनुसार विस्फोटका साथ ठूलो मात्रामा सल्फर डाइअक्साइड (एसओ–टु) भी निस्किँदा पर्यावरण र स्वास्थ्यमा असर पर्ने चिन्ता बढेको जनाएको छ।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *