जनकपुर धाममा रामसीताको विवाह पञ्चमी मनाइँदै

मंसिर ९ काठमाडौं ।
जनकपुर धाममा रामसीताको विवाह पञ्चमी मनाइँदै छ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन देखि सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीता विवाह मञ्मी पर्व मनाइँदै छ।

आज विधिपूर्वक पूजा आराधना गरी राम सीता विवाह पञ्चमी पर्व हुँदै छ। भने महोत्तरीको भिठ्ठामोर, मटिहानी, सम्सी, मनरा, गौशाला, बलवा, भ्रमरपुरा, लोहारपट्टी, सीतापुर र बर्दिबास लगायत क्षेत्रबाट राम सीता पञ्चमीका लागि श्रद्धालु भक्तजन तथा पर्यटकहरूको जनकपुर पुगेका छन्।

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेको जनाएका छन्।

जनकपुरधामको ऐतिहासिक रङ्गभूमि मैदान १२ बिघामा सीता र रामको स्वयम्बरको आयोजना गरिएको छ।

राम र जानकीको डोलालाई जनकपुर परिक्रमा गराइन र त्यसपछि जानकी मन्दिर पुगेर राति विवाहको कार्यक्रम हुने जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *