मंसिर ९ काठमाडौं।
युक्रेन–रुस शान्ति स्थापनाका लागि भेटवार्ता गर्ने भएका छन्।
दुई देश बिच भईरहेको युद्ध अन्त्य गरी शान्ति स्थापना सम्झौताका युएईको आबुधाबीमा भेटवार्ता गर्ने तय भएको जनाएको छ।
युद्ध अन्त्य शान्ति स्थापनाका लागि अमेरिका र रुसका अधिकारीहरुले यूएईको आबुधाबीमा भेटवार्ता गर्ने भएका हुन् ।
जेनेभामा अमेरिका र युक्रेनी अधिकारीहरुले शान्ति वार्ताको मस्यौदामा छलफल गरेपछि यो वार्ता हुन लागेको बीबीसीले जनाएको छ।
जेनेभामा भएको वार्तापछिको सम्झौताको संशोधित खाकालाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति योजनामा महत्त्वपूर्ण कुराहरु समावेश भएको बताएका थिए।
शान्ति वार्ताका लागि निरन्तर भेटवार्ता भए पनि युक्रेन र रुसले एक अर्कामाथि ड्रोन र मिसाइल आक्रमण गरिरहेका छन्।
गए राती पनि ड्रोन र मिसाइल आक्रमण गर्दा दुवैतिर गरेर पाँच जनाको मृत्यु भएको सञ्चारमाध्यमहरुमा उल्लेख भएको छ।