मंसिर ९ काठमाडौं।
बन्दीपुरमा पर्यटक बढ्दा होटल व्यवसायी उत्साहित भएका छन्।
गत वर्ष वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिक महिनासम्म २१ हजार ७२५ जना विदेशी पर्यटकले बन्दीपुर भ्रमण गरेका छन्।
पछिल्लो समय पहाडकी रानीले चिनिएको बन्दीपुर घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढेको छ। भने चिनियाँ पर्यटक घुमफिरका लागि आउने र बासका लागि पोखरा र चितवन जाने गरेको बताएका छन्।
अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द राना बन्दीपुर आउने विदेशी पर्यटकमा चिनियाँ नागरिक अत्यधिक रहेको बताएका छन्।
आर्थिक वर्षको ७ महिनामा ५ हजार ५१ जना चिनियाँ पर्यटक, भियतनाम, भारत र स्पेनका पर्यटक रहेको बताएका छन्।
रानाका अनुसार वैशाखमा ३ हजार २९७, जेठमा ३ हजार ३४२, असारमा २ हजार ७६६, साउनमा २ हजार ७५, भदौमा १ हजार ८३२, असोजमा ३ हजार ७८६ र कात्तिकमा ४ हजार ६२७ पर्यटकले बन्दीपुर भ्रमण गरेको बताएका छन्।
त्यस्तै आन्तरिक पर्यटकतर्फ ३२ हजार ७६० जनाले बन्दीपुर भ्रमण गरेका छन्।
वैशाखमा १ हजार ८९८, जेठमा २ हजार १३५, असारमा २ हजार ११५, साउनमा २ हजार ४५१, भदौमा १ हजार ९८२, असोजमा ५ हजार १२१ र कात्तिकमा १७ हजार ५८ जनाले भ्रमण गरेको जनाएका छन्।
कात्तिक र मङ्सिर महिनामा भने कलेज र विद्यालय बाट बन्दीपुर भ्रमणका विद्यार्थी आउने तथा अन्य पर्यटकको संख्या पनि बढ्ने भएकाले पर्यटकको संख्या ह्वात्तै बढ्दा व्यवसायीहरु उत्साहित भएका छन्।
पर्यटकको संख्या बढ्दा यतिबेला बन्दीपुरमा रहेका चारवटा घरबास र ७० होटल भरिभराउ भएको होटल व्यवसायीहरुले बताएका छन्।