मंसिर ८ काठमाडौं ।
वीरगञ्ज भन्सार कार्यालयबाट आर्थिक वर्षको चार महिनामा ७५ अर्ब बढी राजस्व संकलन गरेको छ।
आर्थिक वषै २०८२, ०८३ को चार महिनामा वीरगञ्ज भन्सार कार्यालयले ७५ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको हो।
चालु आर्थिक चार महिनामा भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई ८९ अर्ब २४ करोड रुपैयाँको राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरे पनि ७५ अर्ब ५८ करोड रुपैया मात्रै संकलन भएको जनाएको छ।
चालु आवको साउन, भदौ र असोज महिनामा राजस्व संकलन उत्साहजनक भए पनि कात्तिक महिनामा भने राजस्व संकलन उत्साहजनक नदेखिएको कार्यालयले जनाएको छ।
कात्तिक महिनामा जेनजी आन्दोलन, छठपर्व, बाढी लगायतका कारणले पनि राजस्व संकलन लक्ष्य अनुसार हुन नसकेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले बताएका छन्।
Post Views: 1