नेपाल–चीन सीमाको केरूङ नाका बन्द

मंसिर ७ काठमाडौं।
नेपाल–चीन सीमाको केरुङ नाका बन्द भएको छ।

गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीका कारण केरूङ नाकामा रहेको मितेरी पुल बगाउँदा नेपाल र चीन बीचको मालसामान ढुवानी पूर्ण रूपमा बन्द भएको हाे।

नेपाल–चीन सीमाको केरुङ नाका बगाउदा नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड गरिएका कन्टेनरहरू बाढीपछि चीनतर्फ नै अड्किएका कारण पाँच महिना बितिसक्दा पनि ढुवानी सञ्चालन हुन नस्कदा व्यवसायीहरूले आर्थिक संकट झेलिरहनुपरेको जनाएका छन्।

चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनाका लागि १३ अर्ब ५३ करोड राजस्वको संकलन लक्ष्य राखेकोमा महिनौंदेखि नाका बन्द हुँदा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न समेत नसकेको जनाएको छ।

बाढीले मितेरी पुल, भन्सार यार्ड तथा सडकमा क्षति पु¥याउँदा यस नाकाबाट पाँच महिनामा झण्डै १४ अर्बभन्दा बढी राजस्व गुम्न पुगेको जनाएको छ।

काठमाडौंबाट करिब १३२ किमीको दुरीमा पर्ने केरुङ नाका राजस्व संकलनको हिसाबले देशको पाँचौं ठूलो भन्सार कार्यालयको रूपमा रहेको थियो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *