जनकपुरधाममा आज विवाहपञ्चमीको चौथो दिन तिल्कोत्सव मनाइँदै

मंसिर ७ काठमाडौं ।
जनकपुरधाममा आज विवाहपञ्चमीको चौथो दिन तिल्कोत्सव मनाइँदै छ।

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको आज चौथो दिन तिल्कोत्सव मनाइँने भएको छ।

जानकी मन्दिरबाट एकहजार साधुशन्त लगेर राममन्दिरमा पुगी तिल्कोत्सव मनाउने गरिन्छ।

विवाह हुनुअघि बेहुली पक्षले बेहुला अर्थात बरलाई भार लिएर पुगि तिल्काउने (टीकाटालो) गर्ने विधि हो, जसलाई तिल्कोत्सवलाई मैथिलीमा छेका भनिन्छ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन बिहीबार जानकी मन्दिरमा धनुष यज्ञ मनाइएको छ।

दहीचिउरा, खिरपुरी, विभिन्न मिठाइ, फलफूल, लताकपडा सहित १००१ भार जानकी मन्दिर बाट बाजागाजा सहित साधुशन्त जनकपुरकै राम मन्दिरमा पुग्ने गर्दछन्।

भारको नेतृत्व अर्थात राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्त तपेश्वर दास गर्ने गर्छन् भने रामको बुबा अर्थात राजा दशरथको भूमिकामा राममन्दिरका महन्त राम गिरी रहने परम्परा छ।

राम मन्दिरमा भार पुगेपछि तिल्कोत्सवको कार्यक्रम भव्य रुपमा हुने गर्दछ। त्यहाँ महिलाहरुले मैथिली भाषाका थरीथरी लोक तथा गाली गीतले छोरी जानकीको पक्षबाट पुगेका साधुशन्तलाई गाली गरी स्वागत गर्ने चलन छ। यसरी सम्धि मिलन र तिल्कोत्सव सम्पन्न हुन्छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *