प्रधानमन्त्री कार्कीद्धारा सुरक्षा परिषद् बैठक आह्वान

मंसिर ४ काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा परिषद्को बैठक आह्वान गरेकाी छन्।

आज दिउँसो साढे २ बजे प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी हुन्।

बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक बस्न लागेको हो।

यस अघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो।

गृहमन्त्री ओमप्रकाश अर्यालले आजै बिहान पनि आफ्ना मातहतका सबै सुरक्षा प्रमुखसँग सिंहदरबारमा छलफल गरेके जनाएको छ।

एमाले नेताहरु सिमरा जाने भए पछि बुधबार सिमरा विमानस्थलमा युवाहरुले तोडफोड गर्दा अवस्था तनावग्रस्त बनेको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *