मुस्ताङमा पर्यटकको संख्या बृद्धि

मंसिर ४ काठमाडौं।
मुस्ताङमा पर्यटकको संख्यामा बृद्धि आएको छ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनामा २ लाखभन्दा बढी पर्यटका आएका हुन्।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म बेनी–जोमसोम सडक मार्ग हुँदै आन्तरिक र विदेशी पर्यटकको संख्या बढेको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको अनुसार बेनी–जोमसोम सडक मार्ग हुँदै १ लाख ६० हजार ९२९ जना आन्तरिक र ४१ हजार ४३० जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ।

चालु आवको साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९ जना र कात्तिक महिनामा ८३ हजार ७६६ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको बताएका छन्।

गत वर्ष पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकोमा आर्थिक वर्ष २०८१, ८२ मा ७ लाख ५ हजार ७७९ हजार आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उल्लेख छ।

नेपाल–चीन बहुचर्चित कोरला नाका तथा लोमान्थाङ दरबार, झोङ गुफा लगायत माथिल्लो मुस्ताङका सदियौँ वर्ष पुराना गुम्बा, माने, छोर्तेन, मानव निर्मित गुफा लगायत माथिल्लो मुस्ताङको भौगोलिक तथा जैविक विविधता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *