आज बाट जनकपुरधाममा विवाह पञ्चमी महोत्सव सुरु

मंसिर ४ काठमाडौं ।
आज बाट जनकपुरधाममा विवाह पञ्चमी महोत्सव सुरु भएको छ।

प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी धार्मिक पर्व जनकपुरधाममा आज बाट औपचारिक रूपमा सुरु भएको छ।

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको आज पहिलो दिन नगरदर्शन कार्यक्रम रहेको छ।

जानकी मन्दिर व्यवस्थापन समितिको अनुसार विवाह पञ्चमीको अवसरमा जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान तथा बाह्रबिघा परिसरमा सरसफाइ देखि आकर्षक पण्डाल निर्माणसम्मका काम भइरहेको जनाएको छ।

विवाह पञ्चमीका मुख्य कार्यक्रमहरू जानकी मन्दिर र बाह्रबिघा रङ्गभूमि मैदानमै केन्द्रित रहने जनाएको छ।

शुक्रबार फूलबारी लिला, ६ गते धनुषयज्ञ, ७ गते तीलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा शुभ विवाह र १० गते रामकलेवा विधिसहित समापन हुने जनाएको छ।

प्रत्येक वर्ष मंसिर शुक्लपक्ष पञ्चमीको तिथिमा मनाइने विवाह मञ्चमी पर्वमा नेपाल र भारतका विभिन्न स्थान बाट लाखौँ भक्तजन जनकपुरधाम आउने गर्छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *