नेपाल सरकार र अमेरिकी सरकारको एमसीसीले गर्यो थप अनुदान सुनिश्चित

मंसिर ३ काठमाडौं।
नेपाल सरकार र अमेरिकी सरकारको एमसीसीले थप अनुदान सुनिश्चित गरेको छ।

अमेरिकी सरकारको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसीले) ५ करोड अमेरिकी डलर अनुदान थप गर्ने घोषणा गरेको हो।

यो थप अनुदानसँगै कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर पुगेको छ, जसमा अमेरिकाको ५५ करोड र नेपालको १९ करोड ७० लाख डलर हुने जनाएको छ।

अमेरिकी दूतावासले थप अनुदानले ऊर्जा प्रणाली सुदृढीकरण र क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धि सम्भव बनाउने जस्ता मुख्य उद्देश्य पूरा गर्ने जनाएको छ।

सम्झौताले अमेरिकी प्रविधि र कम्पनी नेपाली बजारमा प्रवेश गर्ने अवसर विस्तार गर्ने समेत विज्ञप्तिमा उल्लेख छ।

यो आर्थिक सहयोगले अमेरिका र नेपालबीच रहेको चीरस्थायी साझेदारी प्रतिविम्बित गर्नेसमेत दूतावासले उल्लेख गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *