मंसिर ३ काठमाडौं ।
युक्रेनमा रुसले ड्रोन र मिसाइल आक्रमण गरेको छ।
रुसले गए राति युक्रेनमाथि ४७० ड्रोन र ४८ मिसाइल आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन्।
भोलोदिमिर जेलेन्स्कीको अनुसार आक्रमणमा कम्तीमा ९ जना युक्रेनीको मृत्यु भएको र भग्नावशेषमा फसेकाहरूको उद्धार कार्य जारी रहेको जनाएका छन्।
रूसले युक्रेनविरुद्ध ४७० भन्दा बढी ड्रोन र एउटा ब्यालेस्टिकत तथा बाँकी क्रुजसहित विभिन्न प्रकारका ४८ वटा मिसाइल प्रहार गरेको पुष्टि भएको सामाजिक सञ्जालमा उल्लेख गरिएको छ।
लेन्स्कीले रूससँग ४ वर्षदेखि जारी युद्ध अन्त्य गर्न शान्ति वार्तालाई निरन्तरता दिन यसै हप्ता टर्की भ्रमण गर्ने बताएको एकदिन अघि आक्रमण भएको हो।
Post Views: 5