मंसिर १ काठमाडौं ।
चालु आर्थिक वर्षको चौमासिक राजस्व लक्ष्य भन्दा कम उठेको छ।
चालु आर्थिक वर्ष २०८२,८३ को पहिलो चौमासिकमा लक्ष्यको ७७.४९ प्रतिशत मात्र राजस्व उठेको जनाएको हो।
सरकारले आर्थिक वर्षको राजस्व ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।
जुन लक्ष्यको ७७.४९ प्रतिशत मात्र उठेको हो । यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ।
सरकारले कात्तिक महिनामा १ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ७८ अर्ब ३३ करोड रुपैयाँ मात्र उठाउन सकेको छ। जुन ७५.४९ प्रतिशत हो।
गत आर्थिक वर्षको तुलनामा यस वर्षको पहिलो तौमासिकमा राजस्व केहि बढे पनि लक्ष्य अनुसार पुग्न नसकेको जनाएको छ।
गत आवमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा कात्तिकसम्म राजस्व संकलन ३ खर्ब २९ अर्ब २ करोड रुपैयाँ बराबर भएको थियो।