मंसिर १ काठमाडौं ।
पाकिस्तानबाट गहुँ आयातमा अफगानिस्तानले रोक लगाएको छ।
पाकिस्तानबाट अफगानिस्तानले गहुँ आयात पूर्णरूपमा बन्द गरिदिएको जनाएको छ।
बीबीसीको अनुसार अफगानिस्तानले १० वर्ष अघि पाकिस्तान बाट ३० करोड डलरभन्दा बढीको पिठो आयात गरेको र त्यसपछि अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयातमा विस्तारै कम गर्दै आएकोमा अहिले आयात पूर्णरूपमा बन्द गरेको जनाएको छ।
दुई देशबीच पछिल्लो समय तनाव बढेपछि अफगानको तालिबानी सरकारले पाकिस्तानका साथ व्यापारिक सम्बन्ध तोड्ने बताइरहेको थियो।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अफगानिस्तानले आफ्नो देशका व्यापारीहरूलाई पाकिस्तानभन्दा पनि अन्य मुलुकसँगको व्यापारिक बाटो खोज्न निर्देशन दिएको जनाएको छ।
अन्तर्राष्ट्रिय र एशियाली बाजर निगरानी एजेन्सीहरूको आंकडा अनुसार अफगानिस्तानले सन् २०१५ मा पाकिस्तानबाट ३२० मिलियन डलरको पिठो निर्यात गरेको थियो।