मंसिर १ काठमाडौं ।
आज साढे ११ बजे दुई वटा संसदीय समितिको बैठक बस्दै छ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति र राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ।
सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा बारेमा छलफल गर्ने कार्यसूची रहेको जनाएको छ।
त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा समितिको स्थलगत अवलोकन भ्रमणको सम्बन्धमा छलफल गर्ने कार्यसूची तय भएको छ।
Post Views: 52