कात्तिक ३० काठमाडौं ।
भारतको नयाँदिल्लीमा सीमा सुरक्षा समन्वयात्मक बैठक सम्पन्न भएको छ।
भारतको नयाँदिल्लीमा कात्तिक २६ देखि २८ गते सम्म चलेको नवौं सुरक्षा समन्वयात्मक बैकमा दशगजा क्षेत्रमा बनेको साना टहरा, खेतीबाली र मठ–मन्दिरहरु खाली गराउने विषयमा छलफल भएको छ।
यस पटक बसेको सीमा सुरक्षा समन्वयात्मक बैठकमा दशगजा खाली गराउने विषयले प्रवेश पाएको जनाएको छ।
सीमा सुरक्षा समन्वयात्मक बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका सशस्त्र प्रहरी बलका प्रमुख (आईजीपी) राजु अर्याल सहितको टोली र भारतीय सीमा सुरक्षा बल (एसएसबी)का महानिर्देशक सञ्जय सिंघलको टोलीको छलफलमा दशगजा खाली गराउने विषय उठेको जनाएको हो।
खुला सीमाका कारण दैनिक सयौं व्यक्ति ओहोरदोहोर गरिरहने र उनीहरूको अभिलेख नहुँदा सुरक्षामा चुनौती हुने गरेको भन्दै सिमा सुरक्षाको विषमा छलफल भएको जनाएको छ।
अभिलेख राख्नुपर्ने विषय दुवै पक्ष सकारात्मक रहेको तर निर्णय भइ नसकेको जनाएको छ।
अभिलेखको विषय यस अघि नेपाली पक्षले समेत उठाउँदै आएको थियो। भने गत वर्ष काठमाडौंमा भएको सीमा सुरक्षा बैठकमा समेत यो विषय नेपाली पक्षले उठाएको थियो।
खुला सीमा–नाका हुनु र बिना अभिलेख आवतजावत हुँदा आपराधिक पृष्ठभूमिका व्यक्तिहरूको सहजै ओहोरदोहोर हुने हुँदा परिचयपत्र हेरेर अभिलेख राख्दा कुनै अवस्थामा त्यस्ता व्यक्ति पहिचान गर्न सहज हुने बताएको छ।