राष्ट्रियसभा निर्वाचनको लागि कार्यतालिका सार्वजनिक

कात्तिक ३० काठमाडौं।
राष्ट्रियसभा निर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचन पुस २३ गते देखि दर्ता गर्न सकिने जनाएको छ।

निर्वाचन आयोगको अनुसार माघ १ गते राष्ट्रियसभा सदस्यको निर्वाचन सार्वजनिक गरेको जनाएको छ।

स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस १९ गते बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म मतदाता नामावली प्रकाशन हुने उल्लेख गरेको छ।

मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन, उजुरी माथि छानबिन गरी पुस २२ गते ३ः०० बजेदेखि ४ः०० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुने छ।

त्यस्तै पुस २३ गते बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, पुस २४ गते बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ः०० बजेदेखि २ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाएको छ।

पुस २८ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय बाट प्रदान गरिने आयोगले जनाएको छ।

माघ ११ गते बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने निर्वाचन कार्यालय जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *