भारतको बिहार विधानसभा निर्वाचनबाट बनिन् कान्छी सांसद मैथिली ठाकुर

कात्तिक २९ काठमाडौं।
भारतको बिहार विधानसभा निर्वाचन बाट मैथिली ठाकुर कान्छी सांसद बन्ने भएकी छन्।

बिहारको दरभंगा जिल्लाको अलिनगर विधानसभा सिटमा जित निकाल्दै ठाकुर भारतको अहिलेसम्मकै कान्छी सांसद बनेकी हुन्।

चुनावको मुखमा भाजपा प्रवेश गरेकी मैथिली ठाकुर गायिका थिइन्।

भारतीय जनता पार्टी (भजपा) बाट चुनाव लडेकी मैथिली ठाकुरले ८४ हजार ९१५ मत ल्याएर जित निकाल्दै २५ वर्षकै उमेरमा सांसद बनेर भारतीय राजनीतिमा इतिहास रच्न सफल भएकी छन।

यस अघि बिहारको सबैभन्दा कान्छा विधायक २००५ मा निर्वाचित स्वतन्त्र उम्मेदवार तौसिफ आलम थिए। त्यस्तै लालु यादवका छोरा तेजस्वीले २०१५ मा २६ वर्षको उमेरमै चुनाव जितेका थिए।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *