कात्तिक २८ काठमाडौं ।
निर्वाचन आयोगका अनुसार ३२ वटा दल दर्ता प्रक्रियामा रहेका छन्।
निर्वाचन आयोगको अनुसार ९ वटा पुराना छन्। भने जेनजी आन्दोलन यता २३ वटा दल दर्ता हुन आएको जनाएका छ।
आयोगको अनुसार दल दर्ताको आधिकारिता पाउने दलको संख्या अहिले सम्म १२६ पुगेको बताएको छ।
दर्ता प्रक्रियामा रहेका दलहरुमा पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी, योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी, नेत्रविक्रम चन्द (विप्लव)को कम्युनिस्ट पार्टी नेपाल, अनुप कुमार उपाध्याय नेतृत्वको उज्यालो नेपाल पार्टी रहेको जाएको छ।
हिराप्रसाद सोतीको राष्ट्रिय जेन–जी पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल, नवराज सुवेदीको नवयुग पार्टी, अजयकुमार राईको राष्ट्रिय परिवर्तन पार्टी र गोपीलाल न्यौपानेको नेपाल लिबरल पार्टी लगाएत अन्य धेरै दर्ता प्रक्रियामा रहेको जनाएको छ।
दल दर्ताको प्रमणपत्र यही कात्तिक ३० गतेभित्र लिइसक्नुपर्ने निर्वाचन आयोगको तालिका रहेको छ।