कात्तिक २८ काठमाडौं ।
आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भएको छ।
जस अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रूपैयाँ १७ पैसा निर्धारण भएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ९५ पैसा र बिक्रीदर ९३ रूपैयाँ ३५ पैसा, युरोपियन युरो एकको खरिददर १६४ रूपैयाँ ४३ पैसा र बिक्रीदर १६५ रूपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ २४ पैसा र बिक्रीदर १८७ रूपैयाँ ०३ पैसा कायम भएको छ।
क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ १७ पैसा र बिक्रीदर १०१ रूपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रूपैयाँ ९३ पैसा र बिक्रीदर १७८ रूपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १०९ रूपैयाँ २९ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ १५ पैसा र बिक्रीदर नौ रूपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रूपैयाँ निर्धारण भएको छ।
चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ९५ पैसा र बिक्रीदर २० रूपैयाँ ०३ पैसा, थाइ भाट एकको खरिददर चार रूपैयाँ ३८ पैसा र बिक्रीदर चार रूपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रूपैयाँ २९ पैसा र बिक्रीदर ३४ रूपैयाँ ४३ पैसा तोकिएको छ।
त्यस्तै युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६६ पैसा र बिक्रीदर नौ रूपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५ रूपैयाँ ११ पैसा छ।
डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ०२ पैसा र बिक्रीदर २२ रूपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ४६३ रूपैयाँ ४७ पैसा,हङकङ डलर एकको खरिददर १८ रूपैयाँ २२ पैसा र बिक्रीदर १८ रूपैयाँ २९ पैसा कायम भएको छ।
बहराइन दिनार एकको खरिददर ३७५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३७७ रूपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३६९ रूपैयाँ २७ पैसा र भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।