मतदाता नामावलीमा नाम दर्ताको समय नथपिनेः निर्वाचन आयोग

कात्तिक २७ काठमाडौं।
मतदाता नामावलीमा नाम दर्ताको समय नथपिने भएको छ।

मतदाता नामावलीमा नाम दर्ताको समय नथपिने निर्वाचन आयोगले जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर निर्वाचन आयोगका पदाधिकारीले कात्तिक ३० गतेसम्म नामवली दर्ताको समय लम्ब्याउँदा निर्वाचन कार्यतालिका नै प्रभावित हुने भएकाले नामवलीमा नाम थप्ने समय नथपिने बताएको हो।

राष्ट्रिय परिचय पत्रका लागि संकलन गरिएको बायोमेट्रिक बाट पनि मतदाता सूचीकृत गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

राष्ट्रिय परिचय पत्र बनाएका र मतदाता नामावलीमा नाम नभएका मतादाताको पनि नामावली सूचीकृत हुने गरी व्यवस्था मिलाइसकिएको कप्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिएका छन्।

यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफै निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउने बताएका छन्।

नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुने क्रम पनि उत्साहजनक रहेको निर्वाचन आयोगले बताएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *