कात्तिक २७ काठमाडौं ।
नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ।
गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा कार्कीलाई दज्र्यानी निह्न प्रदान गरिएको हो।
आईजीपी कार्कीलाई गृह सचिव रामेश्वर दंगालले दज्र्यानी चिह्न प्रदान गरेका हुन्।
प्रहरीको ३३औं आईजीपीका रुपमा दान बहादुरा कार्कीले आज देखि नै आफ्नो कमाण्ड सम्हाल्ने भएका छन्।
आईजीपी चन्द्र कुवेर खापुङले ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा गए पछि कार्कीले प्रहरी महानिरीक्षक सम्मल्ने भएका छन्।
२०५४ चैत १८ बाट इन्स्पेक्टर बाट प्रहरी सेवामा प्रवेश गरेका कार्कीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।
Post Views: 5