माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुने

कात्तिक २६ काठमाडौं ।
माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुने भएको छ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रदेशगत मतभार तयार पारेको जनाएको छ।

निर्वाचनमा प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख, उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरूले मतदाता गर्ने छन्।

राष्ट्रिय सभा सदस्यको रिक्त १९ मध्ये १८ पदका लागि चुनाव हुँदैछ र मनोनीत सांसदको ठाउँमा सरकारले नाम सिफारिस गर्ने जनाएको छ।

प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुखको मतभार १९ रहेको छ।

प्रदेशमा रहेका प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखको संख्यालाई आधार मानेर प्रदेशगत मतभार तयार पारेको निर्वाचन आयोगले जनाएको छ।

जस अनुसार कोशी प्रदेशमा १० हजार १३५, मधेश प्रदेशमा १० हजार ८३९, बागमती प्रदेशमा १० हजार ३५२, गण्डकी प्रदेशमा ६ हजार ४१०, लुम्बिनी प्रदेशमा ८ हजार ७५३ मतभार, कर्णाली प्रदेशमा ५ हजार १२२ र सुदुरपश्चिम प्रदेशमा ६ हजार १५३ मतभार रहेको निर्वाचन आयोगले उल्लेख गरेको छ।

राष्ट्रिय सभा सदस्यको रिक्त १९ मध्ये १८ पदका लागि चुनाव हुँदैछ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *