कात्तिक २५ काठमाडौं।
आज सेयर बजार नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५ अंक कायम भएको छ।
अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३.२१ अंक बढेको हो।
आज सेयर ३ अर्ब ६२ करोडको भएको छ।
बैंकिङ ०.०७ प्रतिशत, हाइड्रोपावर ०.७७ प्रतिशत, जीवन बीमा ०.५७ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३३ प्रतिशत, निर्जीवन बीमा ०.५० प्रतिशत र व्यापार ०.६९ प्रतिशत बढ्यो।
चार कम्पनीको बन्दीपुर केबुलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ।
त्यस्तै दरामखोला हाइड्रोपावरको ६.८८ प्रतिशत, इस्टर्न हाइड्रोपावरको ६.२९ प्रतिशत तथा स्वस्तिक लघुवित्तको ४ प्रतिशत बढ्यो।
अन्य ०.६७, माइक्रोफाइनान्स ०.०५, लगानी ०.२९, होटल तथा पर्यटन ०.३८, फाइनान्स ०.६१ तथा विकास बैंक ०.४७ प्रतिशत घट्याे।
सिटी होटलको मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशत घटेको छ।
Post Views: 6