जापानी राजदूत र मिस नेपाल इन्टरनेसनल उरुषा बीच भेट

कात्तिक २५ काठमाडौं।
जापानी राजदूत र मिस नेपाल इन्टरनेसनल उरुषा बीच शिष्टाचार भेट भएको छ।

आज मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारी र जापानी राजदूत मैदा तोरुबी बीच शिष्टाचार भेट भएको हो।

भेटका क्रममा दुई देश बीच मित्रता र सहयोगपूर्ण सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको जनाएको छ।

जापानमा आयोजना हुन लागेको सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलमा सहभागि हुन आज राति उरुषा भण्डारी टोकियो प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

जापानको टोकियो प्रस्थान गर्नु अघि उरुषा भण्डारी र राजदूत तोरुबीच दूतावासमा भेट भएको हो।

भेटमा दुई देश बीचको मित्रता र सहयोगपूर्ण सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले जानकारी दिएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *