दिल्लीको मेट्रो स्टेसनमा कार विस्फोट

कात्तिक २५ काठमाडौं।
दिल्लीको मेट्रो स्टेसनमा कार विस्फोट भएको छ।

सोमबार साझ करिब ७ बजे दिल्लीको लाल किल्ला केट्रो स्टेसन नजिक कार विस्फोट भएको जनाएको छ।

बिबिसीका अनुसार स्टेसन नजिक आठ जनाको ज्यान जाने गरी भएको विस्फोटको जाँच आज बिहानै बाट सुरू भएको जनाएको छ।

कार विस्फोटपछि फोरेन्सिक टोलीले नमूना संकलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार दिल्ली प्रहरी प्रमुख सतीश गोल्चाका अनुसार विस्फोटका कारण वरिपरिका सवारी साधन पनि क्षतिग्रस्त भएको तर विस्फोटको खास कारण पत्ता नलागेको उल्लेख गरेको छन्।

घटनास्थल बाट संकलित नमूना प्रयोगशाला पठाइएको र रिपोर्ट आएपछि मात्र केही निश्चित भन्न सकिने फरेन्सिक साइन्स ल्याबका अधिकारी मोहम्मद वाहिदले जानकारी दिएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *