जापानमा भूकम्प

कात्तिक २३ काठमाडौं।
आज जापानमा भूकम्प ६.७ म्याग्निच्युडको शक्तिशाली भएको छ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी प्रशान्त तटमा सुनामीको चेतावनी जारी गरिएको जनाएको छ।

भूकम्पको केन्द्र इवाटे प्रान्तको समुद्री क्षेत्रमा केन्द्रित रहेको उल्लेख गरिएको छ।

भूकम्पा पछि एजेन्सीले करिब एक मिटर (तीन फिट) उचाइको सम्भावित सुनामी आउन सक्ने चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन अनुरोध गरेको उल्लेख गरेको छ।

संयुक्त राज्य अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस)को अनुसार भूकम्पको तीव्रता ६.८ म्याग्निच्युड मापन गरेको जनाएको छ।

जापानी टेलिभिजनहरुको अनुसार राष्ट्रिय प्रसारणकर्ता एनएचकेले तटीय क्षेत्रमा सानो सुनामी छालहरू देखिएको पुष्टि गर्दै त्यहाँको जनतालाई समुद्र तटबाट टाढा रहन र उच्च स्थानमा सर्न आग्रह गरेको जनाएको छ।

जापान प्रशान्त महासागरको ‘रिङ अफ फायर’ भनिने क्षेत्रको पश्चिमी किनारमा अवस्थित रहेको र जहाँ चार प्रमुख टेक्टोनिक प्लेटहरू एक आपसमा ठोक्किदा जापान विश्वका सबैभन्दा भूकम्पीय रूपमा सक्रिय राष्ट्रहरू मध्ये एक भएको उल्लेख गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *