भारतमा हुँने विधान सभा निर्वाचनलाई लक्षित गरि सीमानाका बन्द

कात्तिक २३ काठमाडौं।
भारतमा हुँने विधान सभा निर्वाचनलाई लक्षित गरि सीमानाका ७२ घण्टका लागि बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिराहाले सार्वजनिक गरेको सूचना अनुसार छिमेकी मुलुक भारतमा हुन गइरहेको दोस्रो चरणको विधान सभा निर्वाचनलाई लक्षित गरी भारतसँग सीमा जोडिएका सिराहाका नाकाहरू ७२ घण्टाका लागि बन्द गरिएको जनाएको छ ।

२५ कात्तिक (११ नोभेम्बर २०२५) मंगलबार हुने दोस्रो चरणको विधान सभा निर्वाचनको सन्दर्भमा शान्तिसुरक्षा व्यवस्थापन गर्न ७२ घण्टाका लागि सीमानाका बन्द गरिएको उल्लेख गरेको छ।

नेपाल–भारत सीमानाकामा मानवीय, आकस्मिक सेवाबाहेकका सम्पूर्ण आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *