दिल्लीको हावाको गुणस्तर धेरै खराब

कात्तिक २३ काठमाडौं ।
दिल्लीमा हावाको गुणस्तर धेरै खराब भएको छ।

आज दिल्लीमा हावाको गुणस्तर ’धेरै खराब’ श्रेणीमा पुगेर औसत एक्यूआई ३९१ रेकर्ड गरिएको जनाएको छ।

दिल्लीको आनन्द विहारमा एक्यूआई ४१२, अलिपुरमा ४१५ र बवानामा ४३६ रेकर्ड गरिएको दिल्लीको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले जनाएको छ।

चाँदनी चोकमा एक्यूआई ४०९, आरके पुरममा ४२२ र पटपडगञ्जमा ४२५ हावाको गुणस्तर मापन गरिएको छ।

बीबीसी हिन्दीका अनुसार, दिल्लीमा धेरै यस्ता इलाकाहरू छन् जहाँ प्रदूषणको स्तर निकै चिन्ताजनक छ र एक्यूआई ४०० भन्दा माथि पुगेको जनाएको छ।

दिल्लीमा वायु प्रदूषण बढ्दा श्वासप्रश्वास जन्य रोगको उच्च जोखिम बढेको उल्लेख गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *