आज विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस

२२ कात्तिक, काठमाडौं ।
आज ‘विश्व रेडियोग्राफी दिवस’ तथा ’अन्तरराष्ट्रिय रेडियोलोजी दिवस’ मनाईदै छ।

प्रत्येक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाइने गरिन्छ। यसै अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाईँदै छ।

विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले रेडियोग्राफी दिवस मनाइने गरिन्छ।

यसवर्ष ‘इमेजिङ उत्कृष्टता मार्फत स्वास्थ्य सेवा सशक्तिकरण’ भन्ने मूल नाराका साथ विश्वभर १३०औँ विश्व रेडियोग्राफी तथा अन्तरराष्ट्रिय रेडियोलोजी दिवस मनाउन लागिएको हो।

सन् १८९५ नोभेम्बर ८ का दिन जर्मनीका वैज्ञानिक विल्हेल्म रोईन्टजेनले रेडियोग्राफीको आविष्कार गरेका थिए।

वैज्ञानिक रोईन्टजेनले गरेको विकिरण एक्स–रे को आविष्कारप्रति सम्मान दिन प्रत्येक वर्ष उक्त दिवस विश्वभर मनाईँदै आइएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *