खेलाडीहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा गरे प्रदर्शन

कात्तिक २० काठमाडौं ।
खेलाडीहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय अगाडि प्रदर्शन गरेका छन्।

ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरुले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगेर प्रदर्शन गरेका हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गर्न उत्रिएका खेलाडीहरूले गेटमा मेडल झुन्ड्याएर प्रदर्शन गरेका छन्।

पटकपटक लिग स्थगित नगर्न अनुरोध गरे पनि बेवास्ता गरिए पछि प्रदर्शनमा उत्रिनु परेको खेलाडीहरुले बताएका छन्।

खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएको संघले जनाएको छ।

एन्फाले भने यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग फुटबल सुरु गर्ने निर्णय गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *