निर्वाचन आयोगमा नेपाली कम्युनिष्ट पार्टीले दियो दल दर्ताको निवेदन

कात्तिक २० काठमाडौं ।

निर्वाचन आयोगमा नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताको निवेदन दिएको छ।

विभिन्न १० वाम दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ।

कात्तिक १९ गते एकता घोषण गरेको पार्टीले आज निर्वाचन आयोग दल दर्ताको निवेदन दिएको जनाएको छ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरूले नेपाली कम्युनिस्ट पार्टी बनाएका हुन्।

नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताको निवेदन निर्वाचन आयोगमा दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।

आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिक भित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *