चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धि

कात्तिक १८ काठमाडौं ।
चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धि भएको छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तको अनुसार पर्यटक र कर्मचारीहरूले हिजो आज बाघ सहितका वन्यजन्तु धेरै देख्न थालेको बताएका छन्।

झाडीहरू सुकेर सुख्खापन बढ्दै गएपछि निकुञ्ज खुल्ला हुने र थप वन्यजन्तु देख्न सकिने निकुञ्ज स्रोतले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जको अनुसार पछिल्लो गणनामा निकुञ्ज भित्र वयस्क बाघको संख्या १२८ वटा रहेको र यस वर्ष पनि चितवन राष्ट्रिय निकुञ्ज भित्र बाघको गणना गरिने भएको जनाएको छ।

यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज घुम्न आएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाएको बताएका छन्।

लामो समय देखि निकुञ्जमा बन्द रहेको जीप सफारी खुलेसँगै वन्यजन्तुको गतिविधि बढेकाले पर्यटकले देख्न पाएको निकुञ्ज स्रोतले जनाएको छ।

दुर्लभ एकसिङ्गे गैंडासहित बाघ देखेपछि पर्यटक निकै रमाउने गर्दछन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *