ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ भारतमा

कात्तिक ११ काठमाडौं।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ सभामा भाग लिन नयाँदिल्ली पुगेका छन्।

४० भन्दा बढी देशका मन्त्री सहभागी हुने सभा नयाँदिल्लीमा कात्तिक १० गते देखि १३ गते सम्म हुदै छ।

आइएसएमा आबद्ध सदस्य राष्ट्रका ऊर्जामन्त्री र प्रतिनिधि बीच सौर्य ऊर्जा प्रवद्र्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसर लगायतका विषयमा उच्चस्तरीय छलफल हुने सभामा भाग लिन मन्त्री घिसिङ नेपालको तर्फबाट गएका हुन्।

सन् २०१५ को नोभेम्बरमा पक्ष राष्ट्रले आफ्ना आवश्यकता अनुरूप सौर्य ऊर्जाको अभिवृद्धि गर्ने साझा चुनौतीलाई संयुक्त रूपमा सम्बोधन गर्ने उद्देश्य राखी आइएसएसम्बन्धी पेरिस घोषणा जारी भएको थियो।

सन् २०३० सम्ममा सौर्य ऊर्जाको व्यापक प्रयोग गरी आवश्यक पर्ने १ हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्न लगायतका काम गर्न आइएसए स्थापना भएको थियो।

भारत पुगेका  मन्त्री कुलमान घिसिङले सभाको विषयगत सत्रमा सहभागिता जनाई ऊर्जा मन्त्री घिसिङले मुख्य–विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *