कात्तिक ११ काठमाडौं ।
दल दर्ताका लागि विप्लव नेतृत्वको पार्टीले निर्वाचन आयोगमा निवेदन दिएको छ।
आज नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले कम्युनिस्ट पार्टी नेपाल नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताका लागि निवदेन दिइएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन्।
जनताको आफ्नो अधिकार र मुद्दाको कुरालाई जनताले आफैँ फैसला गर्ने लोकतान्त्रिक विधि निर्वाचन भएकाले आगामी निर्वाचनमा सहभागी हुन लागेको बताएका छन्।
विश्वकर्माले पार्टीले दल दर्ताको प्रक्रिया अघि बढेसँगै निर्वाचनलाई सफल बनाउन आयोगलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता रहेको जनाएका छन्।
विप्लव नेतृत्वको पार्टीले नेपाल कम्युनिष्ट पार्टीं (नेकपा) नामबाट राजनीतिक गतिविधि गर्दै आए पनि निर्वाचनका लागि कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेको जनाएको छ।