कात्तिक ११ चितवन ।
आगामी पुसमा पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गरिने भएको छ।
गत आर्थिक वर्षमा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको जनाएको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बजेट विनियोज गरे पछि बाघ गणना गर्न लागिएको जनाइएको छ। भने बाघ गणना पछि गैँडा गणना गर्ने योजना रहेको जनाएको हो।
विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यको अनुसार हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको तथा पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको जनाएको छ।
गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिने जनाएको छ।
यस अघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेराहरु राख्ने गरिने जनाएको छ।